यस्तो छ तपाईंको आजको राशिफल

धनगढी : आज ०४ फागुन २०८० शुक्रबार को राशिफल यस्तो रहने छ ।

मेष : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ। प्रशासनिक निकायको भय रहनेछ।यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सेतो रङ्गको प्रयोग नगर्दा बेस।

Dengue

वृष : स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ। सानातिना समस्यामा अल्झनुपर्नेछ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन्। विगतका समस्या बल्झिन सक्छन् तर साँझमा कार्य सम्पादन हुनसक्छ साथै भ्रमणको योजना पनि बन्नेछ।यो राशि हुनेले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ।  उत्तर दिशातर्फको यात्रा भने राम्रो देखिँदैन।

मिथुन : आफन्तको प्रगतिमा मन रमाउनेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुनसक्छ। व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। मध्य दिनपछि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ।यो राशि हुनेले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपट चाहिँ नगर्नुहोला। यदि यतातिर लागेमा पोल खुलेर अप्ठेरोमा पर्न सक्नु हुन्छ।

कर्कट : ठिक समयमा सही निर्णय लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। पारिवारिक भेटघाटमा व्यस्त भइएला तर कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।यो राशि हुनेले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

सिंह : बलले भन्दा बुद्धिले सोचविचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ। लाभहानि, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ। कामबाट फुर्सद मिल्नेछ।यो राशि हुनेले आज अग्रज व्यक्तिसँग सुझाव लिएर कार्य थालनी गर्दा सफलता पाउने सम्भावना बढी रहन्छ। हरियो रङ्गको प्रयोग चाहिँ त्यति राम्रो देखिँदैन।

कन्या : महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ।यो राशि हुनेले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ।  झुट नबोलेमा भने अनायसमा फसिनेछ।

तुला : रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ।यो राशि हुनेले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। भरिसक्के लामो यात्रा नगर्नु होला।

वृश्चिक : महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ। साँझमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ।यो राशि हुनेले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा गर्नु हितकर छैन।

धनु : सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। स्वादिष्ट भोजनको समेत योग छ।यो राशि हुनेले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग चाहिँ नगर्दा बेस हुन्छ।

मकर : कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। निर्णय कार्यान्वयन हुन नसक्ला। साँझमा भने चलाखीपूर्ण बोलीले काम बन्न सक्छ।मकर राशि हुनेले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खरानी रङ्गको प्रयोग गर्नु त्यति राम्रो छैन।

कुम्भ : कार्यसिद्धिको योग छ। प्रेम सम्बन्ध कसिलो हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ।यो राशि हुनेले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो वा गुलाबी रङ्गको प्रयोग नगरेकै राम्रो।

मीन : धार्मिक यात्राको योग छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। पुँजी बजारले पनि साथ दिनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। खानपिनमा सावधानी अपनाउनु पर्नेछ।यो राशि हुनेले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ,कर्ममा विश्वास गर्नुहोस् भाग्य आफैं बदलिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार