नेपाल ‘ए’ ले आइतबारदेखि क्यानडा ११ सँग एकदिवसीय क्रिकेट खेल्ने

धनगढी : नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने रणनीति अनुसार नै नेपाल क्रिकेट संघ क्यानले सिनियर र ए टिम बनाएको छ।

नेपालको सिनियर टिमले आइसीसी विश्वकप लिग २ को खेलमा नामिबिया र नेदरल्याण्ड्सँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिरिज खेलिरहेका बेला ‘ए’ टिमले भने क्यानडा ११ सँग मूलपानी मैदानमा एक मैत्रीपूर्ण सिरिज खेल्दैछ।

Dengue

२ दिन अघि क्यानले ३६ सदस्यीय ए टिम घोषणा गरेको थियो। सोही टोलीबाट विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय क्यनडा ११ विरुद्ध खेल्ने स्क्वाड पनि घोषणा गरेको छ। विनोदको कप्तानीमा रहेको टोलीले आउँदो आइतबार, मंगलबार र विहीबार गरेर तीन वटा एक दिवसीय क्रिकेट म्याच खेल्ने छ।

क्यानडाको सिनियर टोली हालै नेपालसँग तीन खेलको एक दिवसीय सिरिज खेल्न आएको थियो। त्यतिबेला क्लिनस्वीप भएको क्यानडाले त्यही टोलीका खेलाडी समावेश गरेर ‘क्यानडा ११’ बनाएको हो।

आइतबारदेखि विहीबारसम्मको ३ खेलको तालिका नेपाल क्रिकेट संघ क्यानले विहीबार राति सार्वजनिक गरेको हो। यो सिरिजमा नेपाली टिमका प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहने छन्।

क्यानडा ११ विरुद्ध खेल्ने नेपाल ‘ए’ टोली

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार