अमेरिका लैजाने भनेर ११ जना भारतीयलाई काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

धनगढी : अमेरिका लैजाने भन्दै भारतीयलाई काठमाडौंमा बन्धक बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी गिरोहका संलग्न ९ जनालाई सार्वजनिक गरेको हो।पक्राउ पर्नेमध्ये १ जना नेपाली र ८ जना भारतीय नागरिक रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

SHIKHAR COOL TECH

उनीहरूले काठमाडौंको रातो पुलस्थित एक घरमा १४ जना भारतीयलाई बन्धक बनाएर राखेका थिए।एसएसपी खत्रीका अनुसार त्यहाँ उनीहरूलाई कसैले सोधे सिरक डसना बनाउने काम गर्न आएको भन्न लगाइएको थियो। बन्धक बनाइएकाहरूलाई शारीरिक यातना समेत दिने गरेको प्रहरीले फेला पारेको छ। उनीहरूलाई पिट्नका लागि गिरोहले राखेको पाइपको लठ्ठी प्रहरीले बरामद गरेको छ।

गिरोहले केही व्यक्तिहरूलाई १४ दिनदेखि र कोहीलाई एक/दुई दिनअघि मात्रै ल्याएको एसएसपी खत्रीले जानकारी दिएको। बन्धक राख्न गिरोहले मासिक ७५ हजार लिएर उक्त घर भाडामा लिएका थिए। उनीहरूको साथबाट विभिन्न देशका मुद्राहरू पनि बरामद गरिएको छ। प्रहरीले ‘अपरेशन डंकी’ चलाएर बन्धक बनाउने गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ गरेकाहरू विरूद्ध शरीर बन्धक कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको एसएसपी खत्रीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार