भारतिय प्रधानमन्त्री मोदीद्धारा यूएईमा बनेको पहिलो हिन्दु मन्दिरको उदघाटन

यूएई : मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् ।

यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो ।

करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु खर्च गरेर मन्दिर बनाइएको बीबीसीले जनाएको छ । मन्दिर १०८ फिट अग्लो र १८० फिट चौडा छ ।

मन्दिर निर्माणमा सिंगमरमर, ढुंगा र चुना प्रयोग गरिएको छ । मन्दिरका सात स्तम्भलाई यूएईका सात राज्यका प्रतीकको रुपमा लिइएको छ ।

बीएपीएसले यो मन्दिर सदभावको प्रतीक भएको र सबै धर्म मान्नेहरुका लागि खुला गरिएको जनाएको छ ।

मन्दिरमा आगन्तुक कक्ष, प्रार्थना कक्ष, प्रदर्शनी हल, सिकाइ कक्ष, बच्चा र युवाहरुका लागि खेल्ने स्थान लगायत सुविधा पनि छन् । साथै विभिन्न थिममा आधारित उद्यान, वाटर फिचर्स, फुड कोर्ट र पुस्तक तथा उपहार किन्न पाइने पसल पनि छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार