अछामको वैद्यनाथ धाममा कोटिहोम महायज्ञ  गरिँदै

धनगढी – अछामको वैद्यनाथ धाममा फागुनमा कोटिहोम महायज्ञ लाग्ने भएको छ।  अछामको साँफेवगर नगरपालिकामा रहेको धार्मिक एवं पर्यटकिए स्थल वैद्यनाथ धाममा यही फागुन १० गते देखि २५ गतेसम्म कोटिहोम महायज्ञ संचालन हुने महायज्ञ मुल आयोजक समितिले शनिवार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा मुल आयोजक समितिका संयोजक एवं पुर्व मन्त्री शेरबहादुर कुवँरले महायज्ञको तयारी तिब्ररुपमा अघि बढेको जानकारी दिए। उनले महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए।

Dengue

धर्म संस्कृतिको संरक्षण संगै वैद्यनाथ धामको प्रचार प्रसार गर्ने मुख्य उदेश्यले आयोजित कोटिहोम महायज्ञ सम्पन्न गर्न एक करोड पचास लाख खर्च लाग्ने अनुमान गरिएको संयोजक कुवँरले जानकारी   दिए।

उनका अनुसार यो सबै खर्च संकलनका लागि अछाम देखि काठमाण्डौ सम्म विभिन्न जिल्लामा आर्थिक संकलन समिति बनाएर सहयोग संकलन भईरहेको  छ। संयोजक कुवँरले विभिन्न ठाउँमा गरि अहिले सम्म १ करोड रुपैयाँ लगभग संकलन भईसकेको बताए। यसमध्य केही समितिको खातामा आईसकेको र केही जम्मा हुने प्रकृयामा रहेको संयोजक कुवँरले जानकारी दिए।

१४४ बर्षमा गरिने कोटीहोममा १ करोड २५ लाख पटक होमन, १२ हजार ५०० ब्रामणलाई भोजन लगायतका बिशेषता रहेको समितिका बरिष्ट उपाध्यक्ष मेघराज खड्काले जानकारी दिए। खडकाले यो सधै गर्न नसकिने र यसको विशेष महत्व रहेकाले सबैको सहयोग आवश्यक रहेको बताए।

अछामको वैद्दनाथ धाम धार्मिक हिसाबले एकदमै महत्व वोकेको ठाउँ भएकाले यो महायज्ञ पछि यसको प्रचार प्रसार भएर झनै महत्व बढने कैलाली उद्दोग वाणिज्य संघका अध्यक्ष एवं महायज्ञ संचालन समिति अन्तरगत धनगढीका संयोजक पुष्पराज कुवँरले बताए।

यश धाममा शिबरात्रीको अवसर पारेर हरेक बर्ष मेला लाग्ने गर्दछ। यहाँ दर्शन गर्न अछाम संगै बाजुरा, बझाङ, डोटी, डडेल्धुरा लगायतका जिल्लाबाट हरेक बर्ष  शिबरात्रीमा हजारौ  भक्तजन सहभागी हुने गरेका छन। यसपटक फागुन २५ गते शिवरात्रिकै अबसर पारेर कोटिहोम महायज्ञको समापन पनि हुने हुँदा त्यस दिन ५० हजार भन्दा बढि भक्तजनको सहभागिता रहने अनुमान आयोजकको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार