इजरायल–हमास युद्धविरामको प्रयास, विपिन जोशीबारे आशा पलायो 

कैलाली- सात अक्टुबर २०२३ मा इजरायली भूमिमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० जना नेपाली मारिए भने एक जना विपिन जोशीको अवस्था अज्ञात छ । इजरायलबाट उद्धार गरिएका नेपालीहरूले दिएको जानकारीअनुसार त्यतिबेला जोशीलाई हमासका लडाकुले आफैँसँग लिएका थिए । यसरी करिब पाँच महिनादेखि सम्पर्कबिहीन भएका जोशीबारे आशा पलाउने गरी मध्यपूर्वबाट समाचारहरू आएका छन् । 

इजरायल र हमासबीच युद्धविरामको तयारी भइरहेको छ । यतिबेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन मध्यपूर्वको भ्रमणमा छन् । अमेरिका, इराजयल, कतार र इजिप्टले युद्धविरामको मस्यौदा प्रस्ताव गरेका छन् । जसमा हमासले आफ्नो राय पेस गरिसकेको बीबीसीले जनाएको छ । बीबीसीसँग हमासका प्रतिनिधिहरूले केही संशोधनसहित सो मस्यौदामा सकरात्मक राय दिइएको बताएका छन् । 

Dengue

हमासको रायलाई कतारले सकरात्मक भनेको समेत बीबीसीले उल्लेख गरेको छ । समाचारअनुसार ६ हप्ताको युद्धविराम प्रस्ताव गरिएको छ । अहिले अमेरिकी विदेशमन्त्री ब्लिंकन युद्धविराम लागू गराउने उद्देश्यका साथ मध्यपूर्व पुगेका छन् । 

सात अक्टुबरमा हमासले आक्रमण गरेपछि इजरायलीले गाजामा प्रत्याक्रमण गर्दा कम्तीमा १२ हजार ५०० प्यालेस्टाइनी मारिएका छन् । यसअघि भएको युद्धविराममा हमासले आफ्नो नियन्त्रणमा लिएका २५० जनामध्ये केहीलाई रिहा गरेको थियो । अहिले उसको नियन्त्रणमा रहेका १३६ जना बन्धकमध्ये ३१ जना मारिएको इजरायलले मंगलबार मात्र पुष्टि गरेको छ । साथै इजरायलले यसरी मारिएकाहरूको घरपरिवारलाई यसबारे जानकारी दिएको बताएको छ । यी १०५ जनामध्ये एक जना नेपाली विपिन जोशी हुनसक्ने सम्भावना छ । 

अब इजरायल र हमासबीच युद्धविराम भए जोशी रिहा हुने सम्भावना प्रवल छ । यसअघि लागू भएको युद्धविरामका क्रममा हमासले थाई, रुसी, अमेरिकीलगायतका नागरिकलाई रिहा गरेको थियो । तर त्यतिबेला ६ दिनमै युद्धविराम भंग हुँदा बाँकी बन्धक रिहा हुन सकेका थिएनन् । अब युद्धविराम भए बाँकी बन्धक रिहा हुनसक्ने सम्भावना छ । 

इजरायल–हमास युद्धका कारण पूरा मध्यपूर्वमा युद्ध विस्तार हुनसक्ने जोखिमका कारण अमेरिकाले युद्धविरामका लागि इजरायलमाथि दबाब बढाइरहेको छ । केही दिनअघि जोर्डनस्थित अमेरिकी सुरक्षाबेसमा ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिक मारिएका थिए भने ४० जना घाइते भएका थिए । त्यसपछि अमेरिकाले सिरिया र इराकमा एयर स्ट्राइक गरेको थियो । उता रेड सीमा हुथी विद्रोहीले अमेरिका र इजरालसँग सम्बन्धित जहाजमा आक्रमण गरिरहेका छन् । यो सबै रोक्न इजराल र हमासबीच युद्धविराम हुनुपर्ने निष्कर्षमा अमेरिका पुगेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार