आइसिसि टिट्वान्टी विश्वकपको समूह विभाजित, नेपालसँगै को को छन् ग्रुप ‘डि’ मा ?

धनगढी – सन् २०२४ मा हुन लागेको आइसिसि टिट्वान्टी विश्वकपका लागि समूह विभाजन गरिएको छ ।

२० देश सहभागी हुने प्रतियोगिताको पहिलो चरणका लागि ५-५ देशको ४ समूह बनाइएको छ जसमध्ये नेपाल रहेको समूह ‘डि’ मा दक्षिण अफ्रिका, श्रीलंका, बङ्गलादेश र नेदरल्यान्ड रहेका छन् । यसैगरी समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र आयोजक अमेरिका रहेका छन् ।

Dengue

समूह ‘बि’ मा इङ्गल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् भने समूह ‘सि’ मा अर्को आयोजक वेस्टइन्डिज, न्युजिल्यान्ड, पपुवा न्युगिनी, अफगानिस्तान र युगान्डा परेका छन् । पहिलो चरणमा शीर्ष दुईमा रहने टोलीहरु सुपर आठमा प्रवेश गर्नेछन् । सुपर आठमा पनि चार-चार देशको दुई समूह बनाइनेछ जसको शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

आगामी जुन ४ देखि ३० तारिखसम्म हुने प्रतियोगिताको खेलतालिका आज साँझ सार्वजनिक गर्ने आइसिसिले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार