धनगढी – सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो ।
नगर अस्पतालालई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठक स्थगित भएपछि झडपको स्थिति बनेको थियो । मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा-६ का ३२ वर्षीय जयशंकर साह रहेको रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्