धनगढी –आज बिहानैदेखि तराईका स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ। हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईका भू-भागमा बिहानीपख हुस्सुरकुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।
साथै तराईका केही भू-भागमा आज बिहानैदेखि शितलहर पनि भइरहेको छ।पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।, महाशाखाको बुलेटिनमा उल्लेख छ।
प्रतिक्रिया दनुहोस्