असई विकको हत्या प्रकरण :कार्यकर्ता जेल चलान,सांसद फरार

महोत्तरी –सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा जन्मकैदको सजाय तोकिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकर्ता मोहन ठाकुरलाई जेल चलान गरिएको छ।

असई विकको हत्यामा जिल्ला अदालत, महोत्तरीले सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो। ठाकुरलाई जलेश्वर कारागार पठाइएको हो। जन्मकैदको सजाय तोकिएका ठाकुरलाई प्रहरीले कैद भुक्तानको लागि शुक्रबार जिम्मा लगाएको जलेश्वर कारागारका प्रमुख रामचन्द्र साहले बताए।

Dengue

मधेश प्रदेश सभामा लोसपा संसदीय दलका नेता अभिराम शर्मासहित अन्य ६ जना अझैसम्म फरार छन्। शर्मा मधेश प्रदेशका राज्यमन्त्री पनि भएका थिए।

जिल्ला अदालतले असई विकको हत्या मुद्दामा मंसीर २८ गते प्रदेश सभा सदस्य शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र राय, मोहन ठाकुर, संजय साह र प्रदीप माझीलाई जन्मकैदको सजाय सुनाएको थियो।

त्यस्तै, एम्बुलेन्स आगजनी मुद्दामा पनि सात जनालाई जनही ६ महीना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो।

सांसद शर्माले आफू फरार नभई निर्वाचन क्षेत्रमा काम गरिरहेको तथा फैसला सम्बन्धी कुनै जानकारी प्राप्त नभएको सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका थिए।


मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई विकलाई आन्दोलनकारीले घाइते बनाएका थिए। उनलाई थप उपचारको लागि जनकपुर लग्दै गर्दा आन्दोलनकारीले बाहिर निकालेर एम्बुलेन्स आगजनी गरेका थिए। उनको मृत्यु भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार