सुनको मूल्य घट्यो

धनगढी – शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घट्दै १ लाख २० हजार ७ सय रुपैयाँमा झरेको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Dengue

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार