हिमालयन रिइन्सुरेन्सले कति पाउला ओपनिङ रेन्ज ?

धनगढी – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हिमालयन रिइन्सुरेन्स लिमिटेडलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ । सूचीकरण पछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थ (अडिटेड) को ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने गरेको छ ।

रिइन्सुरेन्सको आर्थिक वर्ष २०७८-७९ को अडिटेड रिपोर्ट अनुसार यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ । त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिनेछ । यता, हिमालयनको सेयर नेप्सेमा सूचीकरण हुने भने बाँकी छ । रिइन्सुरेन्सको आइपीओ बुधबार (पुस ११ गते) बाँडफाँट भएको थियो । यसमा सर्वसाधाणले अधिकतम ४० कित्तासम्म सेयर हात पारेका छन् ।

Dengue

तर यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाए । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको हो । कुल २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । यसले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा बिक्री खुला गरेको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार