जापान–कोरिया लगायतका मुलुकमा जाने श्रमिकका लागि मुद्रा सटही सुविधा बढ्यो

धनगढी- नेपाल राष्ट्र बैंकले जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जाने नेपालीले पाउने सटही सुविधाको सीमा बढाएको छ ।

नेपाल राष्ट्र बैंकले आज बिहिबार एकीकृत परिपत्र २०७९ को संशोधन मार्फत उक्त देशमा जाने नेपालीले पाउने सटही सुविधा ३ सय अमेरिकी डलर बढाएको हो ।

Dengue

यस्तै, राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गर्ने विदेशी मुद्रा सटही सुविधालाई दुई भागमा विभाजन गरेको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा युरोप अमेरिका लगायत जापान, दक्षिण कोरिया, क्यानडा जानेहरूलाई ५ सय डलरसम्म र यसबाहेक अन्य मुलुकहरूमा श्रम गर्न जानेहरूका लागि प्रतिव्यक्ति २ सय अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

यसअघि सबै मुलुकहरूमा श्रमका लागि जाने श्रमिकहरूलाई समान २ सय डलरसम्म मात्र सटही सुविधा प्रदान गर्ने व्यवस्था रहेको थियो । बैंकको पछिल्लो व्यवस्थाले युरोप, अमेरिकासहित जापान कोरिया जाने श्रमिकहरूले अन्यको तुलनामा ३ सय डलर बढी सटही सुविधा पाउने भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार