सन् २०२३: प्रविधि क्षेत्रमा क्रान्तिकारी विकास, जनसंख्यामा भारत विश्वकै ‘नम्बर वन’

धनगढी – गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गयो । ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति गर्‍यो । १५० बढीले ज्यान गुमाए, हजारौं घरबाहरविहीन भए । रामीडाँडामा केन्द्रबिन्दु भएर गएको भूकम्प २०७२ सालको महाभूकम्पपछिकै ठूलो थियो । सन् २०२३ मा नेपालमा भएको सबैभन्दा ठूलो विपत् को घटना हो यो ।
नेपालमा मात्रै होइन २०२३ मा अन्य केही देशहरूले समेत भूकम्पबाट ठूलो क्षति व्यहोर्नु पर्‍यो । गत फेब्रुअरीमा टर्की र छिमेकी सिरियाका केही भागहरूमा गएको शृङ्खलाबद्ध विनाशकारी भूकम्पमा पचासौं हजारले ज्यान गुमाए । हजारौं भवनहरू भत्किए । टर्की र छिमेकी सिरियामा ७.८ र ७.७ म्याग्निच्युडको भूकम्पले गएको थियो। टर्कीमा सन् १९३९ पछिको यो सबैभन्दा ठूलो भूकम्प भएको अनुमान गरिएको छ ।

सन् २०२३ सकिँदै गर्दा विश्वमा भएका केही ठूला र महत्त्वपूर्ण घटना स्मरण गरौं । अघिल्लै वर्षदेखि जारी रुस–युक्रेन युद्ध दोस्रो वर्ष पनि जारी रह्ययो । अझै जारी छ । हताहतको संख्याबारे यकिन विवरण जानकारी नभए पनि संयुक्त राष्ट्रसंघले १० हजार बढी युक्रेनी नागरिक मारिएको अनुमान गरेको छ ।यो युद्ध कहिल सकिन्छ केही टुंगो छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध जारी रहने बताएका छन्।

Dengue

रुस-युक्रेन युद्ध चलिरहँदा यसै वर्ष गाजामा भीषण युद्ध शुरू भयो । जुन हालसम्म पनि जारी छ । जहाँ हजारौंले ज्यान गुमाइसकेका छन् । हजारौं घाइते भएका छन् । लाखौ मानिसहरू विस्थापित भएका छन् । गाजामा जारी युद्ध नरोक्ने इजरायलले चेतावनी दिइसकेको छ ।

संयुक्त राष्ट्र संघले युद्ध रोक्न संयुक्त राष्ट्र संघको बडापत्रको धारा ९९ लाई लागू गर्नेसहित धेरै असाधारण कदम चालेको थियो। तर, त्यसले पनि युद्ध रोक्न सकेको छैन ।

२०२३ मा प्रविधि क्षेत्रमा थुप्रै क्रान्तिकारी विकासहरू भए । मुख्यतः जेनेरेटिभ आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले यो वर्ष निकै चर्चा कमायो । यो वर्ष प्रविधि क्षेत्रमा मुख्य रूपमा एआई नै हाबी भयो । यो वर्षको फेब्रुअरीमा ओपनएआईको च्याटजीपीटी अहिलेसम्मको सबैभन्दा छिटो विस्तार हुने एप बन्न पुग्यो। वर्ष अन्त्य हुँदासम्म च्याटजीपीटीले अधिकांश काम गर्न थालिसकेको छ ।

अहिले यी एआईहरू जनसंख्याको ठूलो हिस्साको दैनिक जीवनको अभिन्न अंग बनिसकेका छन् । मार्चमा जीपीटी–४ सार्वजनिक भएसँगै च्याटजीपीटी प्रतिक्रिया जेनेरेट गर्न अझ सक्षम बन्यो । ओपनएआईका लागि यो वर्ष उपलब्धिमूलक रह्यो ।

यस वर्ष भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्यो। वर्षको शुरूआतमै चीनलाई उछिनेर भारत विश्वकै धेरै जनसंख्या भएको देश बनेको हो । यूएनएफपीएको विश्व जनसंख्या स्थिति प्रतिवेदन अनुसार भारतको अनुमानित जनसंख्या १४२.८६ करोड पुगेको छ जुन चीनको १४२.५७ करोड भन्दा बढी हो ।

यस्तै, पाँच जना मानिस बोकेको टाइटन पनडुब्बी जुन १८ मा उत्तरी एट्लान्टिक महासागरमा विस्फोट भएको थियो। पनडुब्बी १२ हजार फिटभन्दा बढी पानीमुनि टाइटानिकको १११ वर्ष पुरानो भग्नावशेषको भ्रमण गर्न गएको थियो ।

२०२२-२०२३ इमरान खानका लागि घटनापूर्ण वर्ष थियो। अप्रिल २०२२ मा अविश्वासको प्रस्ताव मार्फत पाकिस्तानको प्रधानमन्त्री पदबाट हटाइएका उनी तोशाखाना मुद्दामा पक्राउ परेका छन् र जेलमा परेका छन्, जसमा उनी पदमा रहँदा महँगो उपहार पाएकोमा मुद्दा दायर गरिएको छ।

अमेरिका–चीन तनाब केही हदसम्म कम भयो । सन् २०२३ शुरू भएसँगै अमेरिका(चीन तनाव कम हुँदै गएको देखिन्छ। अनलाईनहरूको सहयोगमा

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार