दुई दिनमै बजारबाट ५५ अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक

धनगढी –बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि केन्द्रीय बैंकले धमाधम निक्षेप तानेको छ । दुई दिनमा नै केन्द्रीय बैंकले ५५ अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो ।

आज बुधबार मात्रै ३५ अर्ब रुपैयाँ तानको केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न बिहीबार २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज बिहीबार पुस १२ गते दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

Dengue

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति पुस १९ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार