काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटरमा अहिले साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा ललितपुरले २–० गोलअन्तरले अग्रता लिएको हो।
ललितपुरका लागि इमो इजेकेल र पाबा इबुकेबेले गोल गरे। खेलको ३६ औँ मिनेटमा इजिकेले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । ४४ औँ मिनेटमा इबुकेबेको गोलले ललितपुरको अग्रता दोब्बर भयो।
आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफमा पोखरा थन्डर्ससँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्