सन्दीपको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा, अर्को पेसीमा अन्तिम फैसला आउन सक्ने

Call24News

काठमाडौं-आज यो मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको थियो । सोमबार न्यायाधीश ढकालकै इजालसमा पुनः सुनुवाइ हुनेछ । यसअघि पटक–पटक स्थगन र कागजात झिकाउने आदेश हुँदै आएको उक्त मुद्दामा अहिलेसम्म ३३ पटक पेसी चढिसकेको छ ।

आज न्यायाधीश ढकालले ‘हेर्दाहेर्दै’मा राखेकाले अर्को पेसीमा अन्तिम फैसला आउन सक्ने कानुन व्यवसायीले आकलन गरेका छन् ।
०७९ भदौमा लामिछानेविरुद्ध नाबालिग बलात्कारको आरोप लागेको थियो । क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका सन्दीप प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेर अमेरिका पुगेका थिए । इन्टरपोलमार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनले नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए ।

Dengue

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छाडिदिएको थियो । उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार