राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल छठपर्वका अवसरमा आज गुहेश्वरी र कमलपोखरी जाँदै छन् । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी दिउँसो ४ बजे गुहेश्वरी र ४ः३० बजे कमलपोखरी जाने कार्यक्रम छ ।

आइतबार छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।

Dengue

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार