नेपाल हङकङसँग नाै विकेटले पराजित

हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले घरेलु टोलीसँग लज्जास्पद हार व्यहोरेको छ।

नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले मात्र एक विकेटको क्षतिमा नौ ओभरमै पूरा गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमै अलआउट हुँदै ५६ रनमा समेटिएको थियो।

dashain shuvakamana
Discovery School

हङकङको जितका लागि नतासा माइल्सले अविजित रहँदै सर्वाधिक ३० रनको योगदान गर्दा सान्जिन साहजादले अविजित २० रन बनाइन्। पाँच रन जोडेकी मारिको हिल रन आउट भइन्। उनलाई नेपालकी कप्तान इन्दु बर्माले आउट गरिन्।

नेपाललाई पराजित गरेसँगै हङकङ फाइनल पुगेको छ भने नेपालले सो अवसर गुमाएको छ। नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासँग पराजित भएको थियो।

अब फाइनल खेल तान्जानिया र हङकङबीच हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार