विश्व विज्ञान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : विश्व विज्ञान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

हरेक वर्ष नोभेम्बर १० तारिखमा मनाइने दिवस यो वर्ष ‘विज्ञानमा विश्वास अभिवृद्धि’ भन्ने मूल नाराका साथ मनाउन लागिएको हो ।

Dengue

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वले सामना गरिरहेका विभिन्न चुनौती सम्बोधन गर्न तथ्यमा आधारित सरकारका नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनका लागि विज्ञान र नवप्रवर्तनमा विश्वास अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन्।

‘वैज्ञानिक कसरी अनुसन्धान मार्फत तथ्यको खोजी गर्छन् र ती खोज तथा अनुसन्धानले समाजलाई कसरी सकारात्मक प्रभाव पार्छन् भनी सबैलाई बुझाउन जरुरी छ’, उनले भनेका छन्। ।

सरकारले अनुसन्धान, आविष्कार र उद्यमशीलता प्रवर्धन गर्न विधेयकको मस्यौदा तयार गरिरहेको पनि उनले जानकारी दिए। नवप्रवर्तन, अनुसन्धान र आविष्कारका माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्‍याउन पनि उनले सबैलाई आह्वान गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार