दार्चुलाबाट डेढ किलोग्राम चरेसहित बझाङका दुई जना पक्राउ

धनगढी १ कार्तिक । दार्चुलाबाट डेढ किलोग्राम चरेसहित बझाङका दुई जना पक्राउ परेका छन् । एक किलो ६ सय ग्राम चरेससहित बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्जल बोहरा र सोही स्थानका २८ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका हुन ।

बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तिबाट दुबै जनालाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुरसिंहले बताए।

Dengue

जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित दुबै जनालाई पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार