बाजुराको अर्गानिक स्याउ धनगढीमा पुग्यो

धनगढी, २४ असोज । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ धनगढी पुगेको छ । बाजुराको स्वामिकार्तिक–खापर गाउँपालिकामा उत्पादन भएको अर्गानिक स्याउ धनगढीमा पुगाएर बिक्रीबितरण सुरू गर्न थालिएको छ ।

स्वामीकार्तीक खापर गाँउपालीका र कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा बुधबार(हिजो) धनगढीमा ल्याइएको स्याउ आज बिहीबार बाट बिक्री सुरू गरिएको हो। कुनैपनी मिसावट नभई अर्गानिक उत्पादन भएको स्याउ धनगढी बसपार्क स्थीत टाइगर होटलबाट बिक्री बितरण भैरहेको फ्यूचर स्याउ कृषि समूहका अध्यक्ष धनबहादुर रावलले बताए।

Dengue

गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुराको ४०÷४० प्रतिशत र फ्यूचर स्याउ कृषक समूहको २० प्रतिशत ढुवानी अनुदानमा किसानको स्याउ धनगढी पुगाइएको उनले बताए । उनका अनुसारबाजुरामा ३७० हेक्टरमा स्याउ खेती गरिएको छ। यो वर्ष २० मेट्रिकटन स्याउ धनगढी पुगाउने लक्ष्य राखिएको छ ।

यो वर्ष बाजुरामा एक हजार १३७ मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। बिहीबार बिहानबाट नै बाजुराको स्याउको बिक्री सुरु भएको छ।अर्गानिक स्याउको मूल्य प्रति किलोग्राम १३० रुपैयाँ तोकिएको छ। बाजुराको स्याउको बजारीकरणमा प्रदेश सरकारको सहयोग रहने कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बताए।

कृषिबाट आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेकाले कृषि उपजको उत्पादन र बजारीकरणमा सहयोग रहने उनले प्रतिबद्धता ब्यक्त गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार