इजरायलको युद्धमा फसेका नेपालीको तत्काल उद्धारको माग गर्दै मौन ¥याली

धनगढी, २२ असोज । इजरायलको युद्धमा फसेका नेपालीको तत्काल उद्धार को माग गर्दै टीकापुरमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले मौन ¥याली निकालेका छन् । इजरायलमा रहेका निश्चल पाण्डेका बुबा उत्तम पाण्डेले आफ्ना वस्ता सयौं छोराछोरी बङ्करमा लुकेर बसेको खबर पाउँदा छटपटी भएको बताए ।

त्यहाँ फसिरहेकाको चाँडो उद्धार गरी सकुशल घर पु¥याउन उनले अपिल गरेका छन् । अर्का विद्यार्थी सुष्मा रेग्मीका बुबा डिल्लीरमण रेग्मी आफ्ना छोरीलगायतका चार जनाले खान पाएको तर बङ्करमा बसिरहेकाले र उनीहरु आत्तिरहेकाले छिटो घर फर्काउन सरकारसँग अनुरोध गरे ।

dashain shuvakamana
Discovery School

अग्रज विद्यार्थीको हत्या भएको र बाँचेकाहरु पनि समस्यामा रहेकाले आफूहरुलाई पनि पढन मन नलागेको उनीहरुको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका उपप्राध्यापक आशिष घिमिरे अरु देशका सरकारले आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ लगिसकेको तर हाम्रो सरकारले अहिलेसम्म पनि ‘पहल गर्दैछु’ मात्र भनिरहेकाले यता अभिभावक उता विद्यार्थी आत्तिएको बताए ।

सोमबार बिहान भएको विद्यार्थीको मौन ¥यालीमा अभिभावक पनि सहभागी भएका छन् । इजरायलमा ज्यान गुमाउने सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार