दार्चुलामा चार किलो चरेससहित दुई युवक पक्राउ

दार्चुला, १७ असोज । दार्चुलामा चार किलो चरेससहित दुई युवक पक्राउ परेका छन् । मंगलवार राति जिल्लाको मार्मा गाउँपालिका–१ ताकुका २८ वर्षीय विर्ख ठगुन्ना र घोल्जरका २० वर्षीय सहदेब ठगुन्ना चरेससहित पक्राउ परेका हुन् ।

रातिको साढे १ बजेतिर शैल्यशिखर नगरपालिका–३ कर्कलेमा उनीहरुलाई चेकजाँच गर्दा ४ किलो १०० ग्राम चरेस र जोख्ने तराजु फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार