सुदूरपश्चिममा ६.३ रेक्टर भुकम्पको धक्का,बझाङमा घर र विद्यालय भत्कीए

धनगढी, १६ असोज । सुदूरपश्चिममा आज(मंगलबार) दुईपटक भूकम्पको धक्क लागेको छ । भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर आसपासमा केन्द्र विन्दु भएर ६.३ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पले बझाङका धेरै ठाउमा घरहरु र विद्यालयहरु भत्काएका छन् । बझाङको दुर्गाथलि गाउपालिका २ को विद्यालय भवन भत्कएएका छन् । भने जयपृथ्वी राजमार्गको बिभिन्न ठाउँमा पहिरो गएर बाटो समेत अवरुद्द भएको छ ।

Dengue

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ ।

अघि केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार