काठमाडौँ: आयरल्याण्डविरुद्धको टी–२० सिरिज भारतले एक खेल अगावै जितेको छ । गएराति सम्पन्न दोस्रो टी–२० मा घरेलु टोली आयरल्याण्डलाई ३३ रनले हराउँदै भारतले सिरिज एक खेल अगावै जितेको हो ।
आयरल्याण्डले भने जित्नैपर्ने खेलमा कमजोर प्रदर्शन गर्दा श्रृंखला पाहुना टोलीलाई सुम्पिन पुग्यो । भारतले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो ।
उसका लागि एन्डी बालबर्नीले ५१ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७२ रन बनाए । यस्तै, मार्क आदिरले २३, कर्टिस क्याम्फरले १८ र जर्ज डकरेलले १३ रन जोडे ।
भारतका लागि रवि विश्नोई, प्रशिद्ध कृष्णा र कप्तान जसप्रित बुमराहले दुईरई तथा अर्शदीप सिंहले एक विकेट लिए ।
त्यसअघि डब्लिनमा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका लागि ऋतुराज गायकवाडले ५८, सञ्जु सामसनले ४०, रिंकु सिंहले ३८, शिवम दुबेले अविजित २२ र यशस्वी जैसवालले १८ रन बनाए ।
आयरल्याण्डका लागि ब्यारी म्याकार्थीले दुई, बेन ह्वाइट, क्रेग योङ र मार्क आदिरले एकरएक विकेट लिए । सिरिजको पहिलो खेलमा भारत २ रनले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्