कसरी धुने मुख ?

काठमाडौं: मुख धुने कुरा सुन्दा सामान्य नै हो । तर, हामीले गर्ने गल्तीहरुले यसलाई पनि जटिल बनाइदिएको हुन्छ । मुख धुँदा हामीले प्रयोग गर्ने फेसवास सही भएन र सही तरिकाले प्रयोग गरेनौँ भने समस्या निम्त्याउन सक्छ । आज हामी मुख कसरी धुने र ध्यान दिनुपर्ने कुराहरुको बारेमा चर्चा गर्दछौँ ।

फेसवास गर्दा ध्यानदिनुपर्ने कुरा
मुख धुँदा धेरै जसोको घोट्ने बानी हुन्छ । यसले छालाको स्किन ब्यारियरलाई गडबढ गरिदिन्छ, जसले गर्दा अनुहारमा विभिन्न समस्या देखिन्छ ।

Dengue
  • त्यस्तै स्क्रिब गर्ने बानी । स्क्रबले दैनिक छाला घोट्दा सफा हुन्छ भन्ने भ्रम रहेको छ । सकेसम्म स्क्रम नगर्ने र गर्नै परेमा हप्तामा एक पटक मात्रै स्क्रब गर्नुपर्दछ ।
  • धेरै मुख धुने बानी । दैनिक रुपमा दुई पटक मुख धुँदा पर्याप्त हुन्छ । धेरै मुख धुँदा पनि यसले छालालाई धेरै सुख्खा बनाइदिन्छ । सादा पानीले मुख धोयो भने असर गर्दैन भन्ने लाग्न सक्छ । सादा पानीले पनि धेरै पटक मुख धोएमा छालाको ब्यारिएरलाई बिगारिदिन्छ र समस्या उत्पन्न हुन जान्छ ।
  • त्यस्तै टावरले मुख पुछ्दा धेरैको घोट्ने बानी हुन्छ । यस्तो गर्नुको सट्टा छालामा हल्का रुपमा टावर राखेर मुख पुछ्नु पर्छ । साथै छालाको लागि मन तातो पानी राम्रो हुन्छ ।
  • फेसवास प्रयोग गर्नुभन्दा पहिला आफ्नो हात राम्ररी धुनु पर्छ । त्यस्तो गर्नु भएन भने तपाईंको हातमा भएका ब्याक्टेरियाहरु अनुहारको छालाभित्र प्रवेश गर्ने डर हुन्छ । लगत्तै, फेसवाससँग मिसिएर ती ब्याक्टेरियाले इन्फेक्सन तथा रेसेज गराउने खतरा हुन्छ ।
  • मुख धोइसकेपछि छाला सुख्खा नहुँदै मस्चराइजर लगाउनु पर्दछ ।
  • अनुहार सफा गर्दा आफ्नो छालाको प्रकार अनुसार फेसवासको छनोट गर्नु पर्दछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार