डोटीको बडीकेदारस्थित खड्यौलीमा बिजुली बल्यो

डोटी, ३० साउन । डोटीको बडीकेदार गाउँपालिकास्थित खड्यौलीमा बिजुली पुगेको छ । गाउँपालिकाका अध्यक्ष भैरव साउँदका अनुसार नेपाल विद्युत प्राधिकरण डोटीको ५२ लाख २४ हजार लगानीमा सोमवारबाट खड्यौलीमा बिजुली बलेको हो ।

नेपाल विद्युत प्राधिकरण डोटीका अनुसार ५२ लाख २४ हजारको लागतमा ११ दशमलव ४७ किलोमिटर विद्युत लाइन विस्तार गरिएको छ । उक्त पालिकाको सबै वडामा दुई वर्षभित्र बिजुली विस्तार गरिने नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए ।

Dengue

बडीकेदार गाउँपालिकाका सबै वडामा बिजुली विस्तारका लागि साढे १२ करोडको ठेक्का सम्झौता गरिएको छ । निर्माण कम्पनीले दुई वर्षभित्र सबै वडामा विद्युत विस्तार गर्ने योजना छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार