अन्तराष्ट्रिय युवा दिवस धनगढीमा मनाईयो

धनगढी, २७ साउन । आज धनगढीमा अन्तर्राष्ट्रिय युवा दिवस मनाईएको छ । हरेक वर्ष अगस्ट १२ तारिख विश्वभर मनाईने सो दिवस आज धनगढीमा पनि मनाईएको हो ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) धनगढी उपमहानर समितीको आयोजनामा धनगढी चौराहादेखि पार्क मोड सम्म मानव बेचविखन,लागुऔषध र भ्रष्टचारको विरुद्ध ¥याली समेत निकालेको थियो । उक्त ¥यालीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह,सुदूरपश्चिम प्रदेशका भौतिक पुुर्वाधार मन्त्री प्रकाश बहादुर देउवा, जनप्रतिनिधि र सुरक्षा निकायको उपस्थिति रहेको थियो ।

Dengue

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले आफ्नो कार्यकालमा मानव बेचविखन,लागुऔषध र भ्रष्टचारका घटना न्युनिकरण भएको प्रदेश वासीलाई महसु गराउने बताए । लागुऔषध न्युनिकरण गर्नका लागी प्रदेश सरकार युवाहरु संग हातेमालो गरेर खगाडि बढ्ने मुख्यमन्त्री शाहले बताए ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रि प्रकाश बहादुर देउवाले आफु सधै युवाहरुको साथमा रहेको बताए । उनले मानव बेचविखन,लागुऔषध र भ्रष्टचार न्युनिकरणमा युवाहरुकै साथमा अघि बढ्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार