‘कांग्रेसको काँधमा मुलुक र जनताको हितमा काम गनुपर्ने जिम्मेवारी छ’

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसलाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी आएको बताएका छन् ।

नेपाली कांग्रेस भीमदत्त नगर समितिको सम्मेलन उद्घाटनका क्रममा उनले जनचाहनाअनुसारको विकास र समृद्धिका लागि कांग्रेस अघि बढेको बताए । ‘देश र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी छ, त्यसका लागि कांग्रेस प्रत्येक ठाउँमा सुदृढ हुन जरुरी छ’, लेखकले भने, ‘केन्द्रीय कार्यसमितिमात्रै सुदृढ भएर होइन, गाउँ–टोलमा पनि कांग्रेस सुदृढ हुन जरुरी छ ।’

Dengue

कांग्रेस सुदृढ गर्नकै लागि कांग्रेसले देशभर पालिकास्तरमा सम्मेलन गरिरहेको उनको भनाइ थियो । नेपाली कांग्रेस कुनै कारणले कमजोर हुनुपर्ने अवस्था नभएको बताउँदै उनले मुलुकमा ठूला परिर्वतन र ऐतिहासिक काम कांग्रेसकै नेतृत्वमा भएको स्मरण गराएका छन् ।

‘दशवर्षे सशस्त्र द्वन्द्वमा जनजीवन अस्तव्यस्त भएका बेला कांग्रेसले वार्ता, संवाद र सहमतिका माध्यमबाट शान्ति ल्यायो’, उनले भने, ‘मुलुकमा आवश्यकता परेका बेला संविधान पनि कांग्रेसकै नेतृत्वमा आएको थियो ।’ यस्तै उनले कञ्चनपुरमा नेपाल–भारत त्रिदेशीय नाका, दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोर र मझगाउँ विमानस्थल निर्माणको काम अघि बढेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार