परराष्ट्रमन्त्री साउदले गरे दोस्रोपटक निर्वाचन खर्च सार्वजनिक

काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले गत मंसिर ४ मा भएको आम निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर २ बाट निर्वाचित भएका साउदले यसअघिनै सामाजिक सञ्जालमार्फत निर्वाचन खर्च सार्वजनिक गरेका थिए । तर आयोगलाई जानकारी नगराउँदा उनी आयोगबाट १५ हजार जरिवानामा परेका थिए ।

Dengue

निर्धारित समयमा निर्वाचन खर्च सार्वजनिक नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेपछि उनले शुक्रबार आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका हुन् ।

उनले गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ५९ हजार ४२८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्“मैले निर्वाचन आयोगमा २०७९ मंसिर २५ मा आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ । बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनुपर्ने रहेछ । यस अघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको निर्वाचन खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कृष्णपुर नगरपालिका कार्यालयको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको सूचना पाटीसँगै सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक गरेको छु,” ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार