मुख्यमन्त्री शाहले भने- ‘कृषि क्षेत्रलाई अलग्गाएर र प्रदेशमा समृद्धि ल्याउन सकिन्न’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रलाई अलग राखेर प्रदेशको समृद्धि ल्याउन नसकिने बताएका छन् ।

धनगढीमा आयोजित भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कृषि क्षेत्रमार्फत प्रदेशको विकास गर्नका लागि गर्नुपर्ने काममा सरकार पछि नपर्ने बताए । उनले भने, ‘कृषिउपजको आयात रोकेर स्वदेशमै उत्पादित कृषिउपजको निर्यात बढाउनेतर्फ अब ध्यान दिन जरुरी भइसकेको छ ।’

Dengue

त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.मदनसिंह धामीले कृषिको उत्पादन र उत्पादकत्व बढाउन मन्त्रालयले कृषि गतिविधिमा सहयोग गरिरहेको बताए । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले सहिद भीमदत्त पन्तको नामबाट उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गर्ने सरकारको नीतिले कृषकको हौसला बढ्ने विश्वास व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार