महिला विश्वकप फुटबलमा जापानको लगातार दोस्रो जित

काठमाडौं: अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको महिला विश्वकप फुटबलमा जापानले लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार न्युजिल्याण्डको डुनेदिनमा भएको खेलमा जापानले कोस्टारिकालाई २-० ले हरायो । जापानका लागि हिकारु नाओमोतोले २५औं र आओबा फुजिनोले २७औं मिनेटमा गोल गरिन् ।

Dengue

यो जितपछि जापानले अन्तिम १६ मा पुग्ने समभावना बलियो बनाएको छ । जापानले पहिलो खेलमा जाम्बियालाई ५-० ले पराजित गरेको थियो ।

लगातार दोस्रो जितपछि जापान समूह सी मा ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

यसै समूहको अर्को खेलमा स्पेनले जाम्बियासँग कम्तीमा एक अंक लिएमा जापान नकआउट चरण पुग्ने पहिलो टिम हुनेछ ।

यदी स्पेनले जाम्बियालाई पराजित गरेमा भने जापान र स्पेन समूहको अन्तिम खेल खेल्नुअघि नै नकआउट चरणमा पुग्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार