महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ: फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज कोलम्बिया र दक्षिण कोरिया, न्युजिल्यान्ड र फिलिपिन्स तथा स्वीट्जरल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुने पहिलो खेलमा समूह एचमा रहेको कोलम्बिया र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।

Dengue

यस्तै न्युजिल्यान्ड र फिलिपिन्सको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । समूह ए मा रहेको न्युजिल्याण्ड लगातार दोस्रो जितको खोजिमा रहँदा फिलिपिन्स भने पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ ।

पहिलो खेलमा न्युजिल्याण्डले नर्वेलाई पराजित गर्दा फिलिपिन्स स्वीट्जरल्यान्डसँग स्तब्ध भएको थियो । आजको खेलमा फिलिपिन्स पराजित भएमा समूह चरणबाटै बाहिरिने छ ।

यस्तै, आजै दिउँसो पौने २ बजे हुने तेस्रो खेलमा स्वीट्जरल्याण्ड र नर्वे भिड्ने छन् । स्वीट्जरल्यान्ड शीर्ष स्थानमा रहेकाले आजको खेल जित्दै राउन्ड अफ सिक्सटीन नजिक पुग्ने लक्ष्यमा हुनेछ । तर, प्रतियोगितामा टिकिरहन नर्वेलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार