दाँत पहेलो भयो ? चम्काउन अपनाउनुस् यी उपाय

काठमाडौं: आफ्नो व्यक्तित्वको सकारात्मक प्रभाव छोड्नका लागि तपाईंले दाँतलाई सेतो राख्नैपर्छ । सेता दाँतका साथ मुस्कुराउँदा तपाईंको व्यक्तित्वमा निखार आउँछ ।

तर जिन्दगीमा धेरै कारणले गर्दा दाँतमा समस्या आइदिन्छन् । कफी, निकोटिन, चकलेट लगायतका कुरा सेवन गर्दा दाँत बिग्रन्छन् । तर हामीसँग भएको सरल र प्राकृतिक उपायले तपाईंलाई दाँत सेतो बनाउन मद्दत गर्छ ।

Dengue

यसका लागि तपाईंले टुथब्रश र कोइला लिनुपर्ने हुन्छ । पहिला ब्रशलाई धाराको पानीमा भिजाउनुस् । त्यसपछि कोइलाको धूलो ब्रशमा राख्नुस् ।

अब दाँत घोट्न थाल्नुस् । सामान्य तरिकाले गोलोगोलो घुमाउनुस् । दाँतको भित्री र बाहिरी दुवै भाग माझ्नुस् । शुरूमा अलिअलि कस्तोकस्तो लागेपनि सहनुस् । तपाईंलाई झ्याउ लाग्यो भने सामान्य टूथपेस्ट दल्नुस् कोइलामाथि ।

तीनचार मिनेट घोटेपछि बिस्तारै कुल्ला गर्नुस् । अनि हेर्नुस् त, चमचमाउँदो सेतो दाँत । यो गजबको उपाय हो ।

महंगा तथा अस्वस्थ पेस्टहरूभन्दा कोइला धेरैगुना राम्रो चीज हो । यो उपाय अपनाउनुभयो भने एक महिनामै तपाईंका दाँत चमचम चम्किन्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार