१०० किलो सुन तस्करी प्रकरणः पक्राउ परेका थप ४ जनालाई ९ दिन थुनामा राख्न अनुमति

धनगढी । १०० किलो सुन तस्करी प्रकरणमा बिहीबार पक्राउ परेका थप ४ जना आरोपितलाई ९ दिन थुनामा राखेर अनुसन्धन गर्न अदालतले आदेश दिएको छ । उच्च अदालतल पाटनले राजस्व अनुसन्धन विभागलाई शुक्रबार यस्तो अनुमति दिएको हो ।

मंगलबार, बुधबार र बिहीबार गरेर विभागले सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको थियो । अदालतले बिहीबार ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।

Dengue

शुक्रबार म्याद थप गरिएका आरोपितहरुमा सुन तस्करी गिरोहका नाइके भनिएका चिनियाँ नागरिक जीक्वाङ लिन, सुनसहितको सामग्री ल्याउने कार्गो ट्रान्स ग्लोबल सर्भिसका सञ्चालकहरु कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार