महिला विश्वकप : आयोजक न्युजिल्यान्डको विजयी सुरुवात

महिला विश्वकप २०२३ मा आयोजक न्युजिल्यान्डले विजयी सुरुवात गरेको छ।

बिहीबार इडेन पार्कमा भएको विश्वकपको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डले नर्वेलाई १(० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो।

Dengue

खेलको ४८औं मिनेटमा ह्याण्डको पासमा विल्किन्सले गोल गर्दै घरेलु टोलीलाई पहिलो जित दिलाएकी हुन्।

समूह ए मा रहेको न्युजिल्यान्डलाई नर्वेले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा सम्हालिन सकेन।

खेलको ८७औं मिनेटमा न्युजिल्यान्डले पेनाल्टी अवसरको सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर पार्ने मौका गुमायो। रिया पर्सिभलको पेनाल्टी अवसर सदुपयोग गर्न सकीनन्। जितसँगै घरेलु टोली न्युजिल्यान्ड समूह ए को शीर्ष स्थानमा छ।

विश्वकपको पहिलो खेल हेर्नका लागि इडेन पार्कमा ४२ हजार दर्शक उपस्थित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आजै हुने समूह बी को खेलमा विश्वकप आयोजक अष्ट्रेलियाले रिपब्लिक अफ आयरल्यान्डसँग खेल्नेछ। खेल स्टेडियम अष्ट्रेलियामा हुनेछ।

आयरल्यान्डविरुद्धको खेलमा अष्ट्रेलियाकी स्टार खेलाडी समर केर टोली बाहिर रहनेछिन्। चोटका कारण समर केरले आयरल्यान्डविरुद्धको खेल गुमाउने भएकी हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार