काठमाडौं जाँदै गरेको बस दुर्घटना

काठमाडौं । आज बिहान नारायणगढ मुग्लिन सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुदा १९ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६–ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भई दासढुंगानजिक सडकबाट करिब १० मिटर खसेर रुखमा अड्कीएको प्रहरीले जनाएको छ ।

Dengue

दुर्घटनामा परी घाइते भएका अधिकांशको उद्धार गरी भरतपुर अस्पताल लगिएको हो । दुर्घटना करिब बिहान ५ बजेर २० मिनेटमा भएको थियो । ३२ जना बसमा सवार मध्ये १९ जना घाइते भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार