धनगढी । के दैनिक जीवनमा हामीले देख्ने सपनाले अर्थ राख्छ ,सपना काल्पनिक हुन्छन् वा सपनाले जीवनको यथार्थतालाई चित्रण पनि गर्छ । यी प्रश्नको जवाफ खोज्ने सायदै कोही नहोलान् तर केही सपनाले जीन्दगीको यात्रा तय गर्छ भन्ने यथार्थताको प्रमाण हुन् बीमा क्षेत्रमा जमेका मदन भट्ट ।
सुन्दा अपत्यारिलो, तर मदनको जीवन एक सपनाले बदलेको यथार्थ हो, सपनाले देखाएको यात्रा हो र सपनाले देखाएको बाटो हो । मदन सपनाकै कारण आज नेपालका दुई सबैभन्दा ठुला बिमा कम्पनी नेपाल लाइफ र एल आइ सि दुबै बाट ४।४ पटक नेपाल टप गर्ने पहिलो अभिकर्ता बनेका छन र नेपालको बिमा क्ष्रेत्रमै पहिलो रेकर्ड राखेका छन अझैपनी उनको यो यात्रा जारीनैं छ ।
मदनको बाल्यकाल एकदमै सहज र सुख सुबिधामा बित्यो।बुवा नन्दलाल भट्ट र आमा राधादेवी भट्टको कोखबाट २०३४ जेठ ५ गते डडेल्धुराको साविक समैजि गाविसको पाली गाउँ (हालको अजयमेरु गाउँपालिका १)मा भट्टको जन्म भयो । त्यसबेला घरमा छोरो जन्मियो भनेपछि छुट्टै खुसी छाउँथ्यो । मदनको जन्मसँगै परिवारमा खुसीयाली छायो । मदनका ४ बहिनी छन् । सामान्य परिवारमा हुर्किएका मदनको बाल्यकाल डडेल्धुराको पोखरा बजारमा बित्यो ।
मदनले कक्षा पाँचसम्म पोखराको उग्रतारा माध्यामिक विद्यालयमा पढाई गरे । कसैसङ्ग बोल्नपनि लजाउने र पढाइमा पनि औसत भएकोले उनका बुबा आमालाई छोरो भबिस्यमा के गरेर खान्छ होला भन्ने चिन्ता सताइ रहन्थ्यो र यहि चिन्ताका कारण ५ कक्षामा पढदै गरेका मदनलाई उनकी फुपु नाता पर्ने शारदा हमाल (हाल गोपाल हमालकी श्रीमती)ले ऐश्वर्य विद्या निकेतनमा कक्षा २ मा भर्ना गरिदिइन् । गाउँ र शहरको पढाईमा ठूलो अन्तर थियो । सुरुवाती दिनमा केही अफ्ठ्यारो भए पनि मदन बिस्तारै धनगढीको माहोलमा घुलमिल हुँदै गए, पढाई चलीरह्यो,बिद्यालय देखि बिरेन्द्रशिल्ड सम्म उनी लामो दुरि को दौडका खेलाडीको रुपमा चिनिए ।
बिद्यालय स्तरीय चित्रकला प्रतियोगितामा नेपाल प्रथम,द्वितीय भए,सितोरियो करातेका राम्रा खेलाडी बने,कबिता देखि साहित्यसम्म आफ्नो लेख्ने कलाको परिचय दिए,कुल मिलाएर उनको बिद्यालय जीवन मज्जाले चल्दै थियो ।
बुबा डडेल्धुराका ठुला ब्यापारी,आफ्नो सामान ओसार्ने आफ्नै ४-४ वटा ट्रक, धनगढीको अत्तरिया रोडमा घर र कैलाली गाउँमा ४ बिघाह जग्गा अनि अरुपनी प्रशस्त सम्पत्ती,उनका बुबा त्यो समय डडेल्धुराका ठुला ब्यापारी जो जनकपुर चुरोट कारखाना,शिव बिडि लगायतका डिलर पनि थिए र आफ्नो नाम भन्दापनी डिलर साहुजीको नामले बिख्यात थिए ।जीवन हुँदाखाँदा भन्दा हुनेखानेको जसरी चलिरहेको थियो ।तर छिट्टै यो खुशी र परिचयमा ग्रहण लाग्नेवाला थियो ।
खुसी हो, धेरै समय कहाँ टिक्छ र जब जिन्दगीको यात्रामा ग्रहण लाग्छ, जब बगिरहेको खोलाले बहाव बदल्छ, जब सूर्यको तापमान एकाएक बढ्न थाल्छ, जब बहिरहेको बसन्त पनि टक्क रोकिन्छ, खुसी, सफलता सबैथोक एकाएक धर्मराउने रहेछन् र त्यस्तै भयो मदनको जीवनमा पनि ।
बुवाले वर्षौं मिहेनत गरेर किनेका सबै गाडी दुर्घटनामा परे, व्यापार निरन्तर घट्दै गयो, व्यवासाय चौपट भयो, व्यवहार बिग्रिदै गयो । बिग्रिएको व्यवहार मिलाउन बुवाले जोडेको सबै जग्गा बेचेर सकियो । भएको एउटा घर पनि बैंकमा धितो राखिएको रहेछ, ऋण चुक्ता गर्न नसक्दा त्यो पनि लिलामीमा गयो । वर्षौंदेखिका सम्बन्धमा दरार आयो । नजिककाले गन्न छाडे, आफन्तले मान्न छाडे । ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भनेझैँ भयो मदन र मदनको परिवारको अवस्था ।
परिवारमा देखिएको खटन र आईपरेको संकटका कारण कक्षा ८ देखी स्नातक तोस्रो बर्षसम्म एकदमै तनावपूर्ण समय गुज्रियो मदनको । ‘भो, अब सकिन्न’ भनेर मदनले पढाई छोडे । पढाई नै छोडेर खाली बस्दा छोरो बिग्रियो भन्ने खबर फैलिने डरले मदनले सानै भए पनि ३०-४० हजारको लगानीमा किराना पसलको सुरुवात गरे । साइकल चढेर सीमापार गौरिफन्टा पुग्थे । कहिले ५ त कहिले १० किलो चिनी ल्याएर बेच्ने गर्थे । जीवन र व्यापार दुवै यसरी नै चल्दै थियो मदनको ।
जीन्दगीको यही यात्रामा मदनले २०५८ सालमा भारतको चण्डीगढबाट विवाह गरे र २०६० सालमा मदनको परिवारमा छोरीको आगमन भयो ।
‘छोरी जन्मिनु अभिषाप हो’ भन्ने रुढिवादी परम्पराकाबीच जन्मिएकी मदनकी छोरी उनी र उनको परिवारका लागि सफलताको प्रतिक साबित भइन् । वर्षौंदेखि नबनेका कामहरु बन्न थाले, रोकिएका कामहरु सुरु हुन थाले, व्यापार बढ्दै गयो, अवस्था हिजोभन्दा आज र आजभन्दा भोली सहज हुँदै गयो ।
धनगढीमा आफ्नो परिवारसँगै घनश्याम जोशी (गुरुजी सपिङ सेन्टरका सञ्चालक) मदनका लागि खास थिए । प्रायजसो मदनको किराना पसलमा आईरहने उनले मदनलाई आफ्नो छोराको बारेमा भनिरहन्थे । घनश्यामका छोरा एमआर र बीमा कम्पनीको एजेन्ट थिए । सोही पेशामा लागेर आफ्नो छोराले विभिन्न समयमा विभिन्न स्किम अन्तर्गत विभिन्न उपहार र गाडी पाएको उनी सुनाउथे । घनश्याम अंकलका अनुसार उनका छोराले बीमा एजेन्ट बनेरै पनि राम्रो आम्दानी गरिरहेका थिए । बेलाबेलामा मदनलाई पनि एजेन्ट बन्न सुझाव दिन्थे ।
सानैदेखि व्यापारमा भिजेको, व्यापारलाई बुझेको, व्यापारलाई पुख्र्यौली पेशा बनाएका मदनलाई आफ्ना लागि निकै नौलो लाग्ने बीमा क्षेत्रप्रति कुनै चासो नै थिएन ।घनश्याम अंकल सुनाउँथे, उनी सुन्थे, बस् यसरी नै चलिरहेको थियो दैनिकी ।
आफुले कहिल्यै नबुझेको र बुझ्न नचाहेको बीमा भन्दा त्यसबेला मदनलाई प्रहरीको जागिर खानु बेस लाग्यो । र त्यही शिलशिलामा नेपाल प्रहरीको असईमा भर्ना हुन भन्दै डोटीको दिपायल पुगे । भनिन्छ नि, ‘मानिसको जीवनको सम्पूर्ण रेखा भावीले माथिबाटै लेखेर पठाएको हुन्छ ।’ सायद, बुढापाकाले भनिरहने उक्त बचन सत्य थियो । प्रहरीको जागिर खान दिपायल पुगेका मदन जागिरको सपना सपनासै सिमित बनाएर फर्किनुपर्यो ।
तर, आश्चर्य मदनले एकदिन बिहानीपख सपना देखे । सपनामा उनी टक्क कुर्सीमा बसेका थिए, परपरसम्म मान्छेहरुको लामो लाइन थियो । मदनसँगै बीमा गराउँछु भन्नेहरु तछाडमछाड गरिरहेका थिए । मदन बीमा क्षेत्रमा नेपालकै टप एजेन्टका रुपमा स्थापित भएका थिए ।
उनले सानो छँदा आमाबुवाले ‘बिहानीपख देखेको सपना पूरा हुन्छ’ भनेको सम्झिए । लाग्यो साच्चै पो हो कि रु मदनले आफ्नी श्रीमतीलाई एसएलसीको सम्पूर्ण कागजपत्र खोज्न लगाए र हानिए बीमा कम्पनीको एजेन्ट बनेको सपना साकार गर्ने यात्रातर्फ ।
नभन्दै मदन २०६० असोज २८ गते एलआईसी बीमा कम्पनीको एजेन्ट बने । त्यसबेला अहिलेको जस्तो बीमा कम्पनीको एजेन्ट बन्न त्यति सहज कहाँ थियो र रु भोलिपल्ट अभिकर्ताको तालिम लिनका लागि सुर्खेत पुग्नुपर्ने भयो । उनी त्यतैतिर हानिए । सादय त्यस दिन मदन आधा घण्टा मात्रै ढिला भएको भए उनको बीमा अभिकर्ता बन्ने सपना सपनामै सिमित रहन्थ्यो सायद । उनले एलआईसी बीमा कम्पनीको एजेन्ट बन्नका लागि सम्पूर्ण कागजात पदम राना सरलाई बुझाए र भने, ‘मलाई जसरी पनि बीमा एजेन्टको कोर्ड ल्याइदिनु है ’
तीन दिनपछि मदनको अभिकर्ता कोड पनि आयो । उनी त्यसबेला साह्रै खुसी भए । अब त केही गर्छु भन्ने थप साहस मिल्यो मदनलाई । सुरुमा गाह्रै होला तर भावी दिनमा घनश्याम अंकलको छोराले जस्तै प्रगती गर्छु भन्ने अठोट थियो मदनमा । घनश्याम अंकलको छोराले जस्तै उपहार पाउँछु, घनश्याम अंकलको छोराले जस्तै गाडी चढ्छु, घनश्याम अंकलको छोराले जस्तै पैसा कमाउँछु भन्ने चाहना थियो उनमा । बीमा अभिकर्ताको कोड पाएको पहिलो दिन नै उनले चिनजानका चक्र बहादुर भण्डारीलाई बीमाको लागि प्रस्ताव गरे । उनले पनि मदनमार्फत १ लाख ५० हजारको बीमा गरिदिए ।
महिनौंदेखि भोकाएको पेटले खाना पाएजस्तो, वर्षौंदेखि तिर्खाएको ज्यानले पानी पाएजस्तो, सदियौँदेखि एकमग्न भएर गरिएको तपस्या पूरा भएजस्तो, खडेरीमा बिरुवाले पानी र शितलहरमा मुर्झाएको शरिरले न्यानो पाएजस्तो महशुस भएको थियो मदनलाई । नहोस् पनि कसरी रु सपनाले देखाएको बाटो जो लक्ष्यमा पुग्दै थियो ।
नभन्दै मदन बीमा अभिकर्ता भएको पहिलो वर्ष नै एलआईसी बीमा कम्पनीमा देशभरमै टप २५ अभिकर्ताको लिस्टमा परे । टप २५ मा परे थप कामका लागि काठमाडौं बोलाइने कम्पनीको नीति अनुसार मदन काठमाडौं हानिए ।
दुःख, सुख जेनतेन गर्दै पहिलो वर्ष बिताएका मदन दोस्रो वर्ष झन अगाडि बढेर टप १० मा छानिए र हुँदा हुँदा सबैलाइ उछिनेर २००७ मा एल आइ सि का नेपाल टपर भए ।
ओहो त्यसबेलाको खुसी,उत्साह, त्यसबेला महशुस गरेको आनन्द मदनका लागि वर्णनभन्दा बाहिरको थियो । सुदूरको ठिटो काठमाडौंसम्म पुगेर बीमा क्षेत्रमै नेपाल टप हुँदा उनको खुसीको सिमा नै रहने । खुसीको खोजीमा उडेको पन्छीजस्तै थिए मदन, लामो समय एलआईसीमा काम गरेपछि उनले त्यहाँका सिईओ पि मुरलीथरन सङ्गको सामान्य बिबाद्पछी बिमा क्षेत्रनैं छोडने निर्णय गरे र करिब ३ महिना निष्क्रिय बसे,यसैबिच एकदिन उनको संयोगबस नेपाल लाइफका तत्कालीन सिईओ बिबेक झा संग भेट भयो र उनको जीवन बिमा क्षेत्रको कोर्स नैं बदलियो ।
२०१२ मा मदनले नेपाल् लाइफ ज्वाइन गरे र पहिले लाखको बिमा गर्ने मदन करोडौं को बिमा पोलिसी बेच्न थाले र त्यही बर्ष नेपाल लाइफका त्यतिन्जेलसम्मका सबै ब्यबसायिक रेकर्ड ध्वस्त पार्दै नेपाल टप भए ।एल आइ सि नेपाल छोडेर नेपाल लाइफ ज्वाइन गर्नु मदनको जिन्दगीको टर्निङ्ग प्वाइन्ट भयो ।
तत्कालीन सिईओ बिबेक झाको साथ सद्भाव र मायाले मदन बार्षिक पन्ध्रौं करोड ब्यबसाय संकलन गर्दै एम.डि.आर.टी,सि.ओ.टी,टि.ओ.टी सम्म भए,देशकै सबैभन्दा ठूलो बिमा गर्ने व्यक्तीको नाममा रेकर्ड राखे ।
हुँदा हुँदा फेरि २०२२ मा नेपाल टप भएर अहिलेपनि आफ्ना प्रतिस्पर्धीहरु भन्दा डबल बढी बिजनेस गरेर उनी नेपाल लाइफको नम्बर एक मैं छन ।यो सफलताको लागि बिबेक झाको श्रद्धा पुर्बक नाम लिदै सबै जस उहाँलाई नैं दिन चाहने मदन अहिलेका बर्तमान सिईओ प्रबिण रमण पराजुली सङ्ग एकदमै प्रभावित छन र उहाँलाई आफ्नो जिन्दगीको दोस्रो बिबेक झा को रुपमा हेर्छन ।
हाल मदन नेपाल लाइफ इन्स्योरेन्सको एजेन्सी मेनेजरका रुपमा कार्यरत छन् । योसँगै उनी पछिल्लो समय नागरिकमाझ लोकिप्रिय चिकेन स्टेशन धनगढीका मालिक पनि हुन् । यतिमात्र होइन हाल उनले अन्य विभिन्न व्यवसायिक क्षेत्रमा हात हाल्नुका साथै थुप्रै कृषी फर्ममा लगानी समेत गरेका छन् । र त आज मदनको संघर्ष र सफलता केही गर्न चाहनेहरुका लागि प्रेरणाको स्रोत बनेको छ ।
प्रतिक्रिया दिनुहोस्