एसिया कप खेल्न भारत पाकिस्तान नगए विश्वकप खेल्न पाकिस्तान भारत नआउने !

आईसीसी ओडीआई क्रिकेट विश्वकप अक्टोबर ५ देखि १५ नोभेम्बरसम्म भारतमा हुँदै छ । भारतमा हुने विश्वकप क्रिकेटमा पाकिस्तान पनि सहभागी हुने छ ।

तर, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सरकारले अनुमति दिएपछि मात्रै भारत पठाउने बताएको छ । फेरि पाकिस्तानका खेलमन्त्री अहसान मजारीले एसिया कप खेल्न भारत पाकिस्तान आएमात्रै आफ्नो टिम विश्वकप खेल्न आफ्नो टिम भारत जाने चेतावनी दिएका छन् ।

Dengue

यदि भारत एसिया कप खेल्न पाकिस्तान नआए पाकिस्तान पनि भारत नजाने उनले चेतावनी दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यदि भारत एसिया कप खेल्न न्युट्रल भेन्यु खोज्छ भने हामी पनि विश्वकपमा त्यस्तै खोज्ने छौं, उनले भनेका छन् ।

एसिया कपमा भारतले पाकिस्तान गएर नखेल्ने अडान लिँदै आएको छ । भारतको अडानका कारण भारत-पाकिस्तानको खेल तेस्रो देशमा हुने तय भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार