स्कटल्याण्डमाथि शानदार जित हात पार्दै नेदरल्याण्ड्स विश्वकपमा

काठमाडौं । स्कटल्याण्डमाथि ४ विकेटको शानदार जित हात पार्दै नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको छ ।

जिम्बाव्वेको बुलवायोमा जितका लागि पाएको २७८ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ४३ बल अघि नै भेट्टाएर विश्वकपमा स्थान पक्का गरेको हो ।

Dengue

यसअघि नै बाहिरिसकेको जिम्बाव्वे र स्कटल्याण्डको समान ६ अंक भए पनि नेदरल्याण्ड्सलाई रनरेटमा अघि रहेर विश्वकपमा छनोट हुनका लागि यो खेल ३६ बाँकी छँदा जित्नु पर्ने थियो ।

तर बास डी लिड्सले विस्फोटक ब्याटिङ गर्दै टिमलाई ४२.५ ओभरमा नै जिताए । जितका लागि २ रन बाँकी हुँदा आउट भएका लिड्सले ९२ बलमा १२३ रन बनाए ।

४० ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा २३३ रनको स्थितिमा रहेको नेदरल्याण्ड्सले आफू अनुकुलको नतिजा निकाल्नका लागि ४१औं ओभरमा २२ र ४२‍औं ओभरमा २० रन बटुलेको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । उसका लागि ब्रान्डन म्याकमुलनले १०६ तथा कप्तान रिचे बेरिङटोनले ६४ रन बनाए ।

छनोट प्रतियोगिताबाट श्रीलंका यसअघि नै विश्वकपमा पुगिसकेको थियो भने अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंगल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान र दक्षिण अफ्रिका सोझै छनोट भएका थिए ।

विश्वकप क्रिकेट आउँदो अक्टोबर नोभेम्बरमा भारतका १० वटा शहरमा आयोजना हुँदै छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार