आर्थिक वर्ष सकिन लाग्दा पनि बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेनन्

धनगढी । चालु आर्थिक वर्ष २०७९/८० सकिन लाग्दासमेत बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेका छैनन् । यहाँका स्थानीय तहको हालसम्म विकासे बजेट ७९ प्रतिशत मात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीका अनुसार १० स्थानीय तहको रु एक अर्ब ६९ करोड ४८ लाख कुल पुँजीगत बजेटमध्ये ७९ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको छ । सबैभन्दा कम मेलौली र धेरै खर्च पुर्चाैडी नगरपालिकाले गरेको छ । मैलौलीले ४८ दशमलव ८२ प्रतिशत र पुर्चौँडीले ९१ दशलमव ८९ प्रतिशत विकासे बजेट खर्च गरेका छन् ।

Dengue

पञ्चेश्वर गाउँपालिकाले रु १२ करोड ५८ लाख पुँजीगत बजेटमध्ये ८८ दशमलव ८१ प्रतिशत मात्रै खर्च गरेको छ । चालुुतर्फको रु ३० करोड २९ लाखमध्ये ८३ दशमलव ३६ प्रतिशत खर्च गरेको छ । दोगडाकेदार गाउँपालिकाले रु १५ करोड ७३ लाख पुँजीगत बजेटमध्ये ८६ दशमलव ९० प्रतिशत खर्च गरेको छ । चालुतर्फ भने रु ४१ करोड ४७ लाखमध्ये ९२ दशमलव ७० प्रतिशत खर्च गरेको मगरातीले जानकारी दिए ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले रु १९ करोड ६९ लाख विकासे बजेटमध्ये ८६ दशमलव ३९ प्रतिशत र चालुतर्फको रु ४५ करोड ५२ लाखमध्ये ९५ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको छ । सिगास गाउँपालिकाले रु १७ करोड ६८ लाख पँुजीगत बजेटमध्ये ८४ दशमलव ८१ प्रतिशत खर्च गरेको छ भने चालुतर्फको रु ३८ करोड ८६ लाखमध्ये ९२ दशमलव ८८ प्रतिशत खर्च गरेको छ ।

प्रमुख मगरातीका अनुसार डिलाशैनी गाउँपालिकाले रु १७ करोड ५० लाख पुँजीगत बजेटमध्ये ८३ दशलमव ३१ प्रतिशत खर्च गरेको छ । चालुतर्फको रु ३२ करोड ३९ लाखमध्ये ९१ दशमलव ८९ प्रतिशत खर्च गरेको छ । सुर्नया गाउँपालिकाले रु ११ करोड ४९ लाख पुँजीगत बजेटमध्ये ८१ प्रतिशत मात्रै खर्च गरेको छ । चालुतर्फको रु ३६ करोड १८ लाखमध्ये ९३ दशमलव ६७ प्रतिशत खर्च गरेको छ ।

यस्तै शिवनाथ गाउँपालिकाले रु १४ करोड ११ लाख पुँजीगत बजेटमध्ये ७६ दशमलव ७७ प्रतिशत तथा चालुतर्फको रु २५ करोड ५५ लाखमध्ये ९१ प्रतिशत खर्च गरेको कार्यालयले जनाएको छ । पाटन नगरपालिकाले रु २० करोड १८ लाखमध्ये ७० दशमलव ७४ प्रतिशत पँुजीगत खर्च गरेको छ । चालुतर्फ रु ४८ करोड २९ लाखमध्ये ८८ दशमलव ८५ प्रतिशत खर्च गरेको छ ।

यसैगरी पुर्चाैडी नगरपालिकाले चालुतर्फको रु ४७ करोड १० लाखमध्ये रु ४३ करोड ८० लाख अर्थात् ९३ प्रतिशत खर्च गरेको छ । मेलौली नगरपालिकाले ४८ दशमलव ८२ प्रतिशतमात्रै पुँजीगत बजेट खर्च गरेको छ । उसले रु १९ करोड ३० लाखमध्ये रु नौ करोड ४२ लाख मात्र खर्च गरेको छ । यस्तै नगरपालिकाले चालुतर्फको रु ३६ करोड ३७ लाखमध्ये रु ३१ करोड ३१ लाख अर्थात् ८६ दशमलव ०९ प्रतिशत खर्च गरेको छ ।

नगरप्रमुख भीमबहादुर चन्दले कर्मचारी अभाव र भुक्तानी प्रक्रिया ढिला गरिँदा विकासे बजेट खर्च गर्न नसकिएको बताए । ‘कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको सरुवाले विकासे बजेट कम खर्च भएको हो’, उनले भने, ‘भुक्तानीको प्रक्रिया जारी नै रहेकाले पुँजीगत खर्च बढ्छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार