बल्छी धुव्रेसहित ८ कलाकारलाई थप ७ दिन थुनामा राखिने

धनगढी । काठमाडौं जिल्ला अदालतले वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका ८ कलाकार तथा युट्युबरलाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंले प्रतिबन्धित अनलाइन बेटिङ प्लेटफर्म वान एक्स बेटको प्रचार गरेको भन्दै पक्राउ परेका कलाकार र युट्युबरलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

Dengue

योसँगै अब बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपाली थप ७ दिन प्रहरी हिरासतमै रहनेछन् ।

उनीहरुले अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् । पक्राउ परेका ८ जना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाखसम्म कमाई गरेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार