विश्वकप छनोट : जिम्बावेको सामना गर्दै नेपाल

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आजबाट शुरू हुँदै छ। पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेको सामना गर्नेछ।

हरारे स्पोर्ट्स क्लबमा हुने खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बाट शुरू हुनेछ। 

Dengue

नेपाल र जिम्बावेबीच यसअघि ५० ओभरको एक खेल भएको छ। सन् २०१८ मा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको थियो। उक्त खेलले लिस्ट ‘ए’ मान्यता पाएको थियो। ललित राजवंशीले सोही खेल मार्फत लिस्ट ‘ए’ डेब्यू गरेका थिए।

यसपटक भने नतीजा उल्ट्याने नेपालको दाउ हुनेछ। एकदिवसीय वरीयतामा जिम्बावे ११औं स्थानमा छ भने नेपाल १४औं स्थानमा छ।

यो प्रतियोगितामा नेपाल सहित १० टोली प्रतिस्पर्धामा छन्। जसमध्ये फाइनलमा पुग्ने दुई टोली १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्। आउँदो अक्टोबर(नोभेम्बरमा भारतमा हुने उक्त विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमध्ये आठ टोली छनोट भइसकेका छन्।

नेपाल प्रतियोगितामा समूह ‘ए’मा छ। यो समूहमा नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज र जिम्बावे छन्।

समूह ‘बी’ मा ओमान, स्कटल्यान्ड, श्रीलंका, आयरल्यान्ड र यूएई छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार