सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोड ५९ लाखको बजेट

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेको छ। सरकारका आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले शुक्रबार बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको हो।

भौतिक पूर्वाधार विकास अन्तर्गत सडक र पुलका लागि पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ। त्यस्तै खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ।

प्रदेशका नौवटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरेको हो।

चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार घटाएर सार्वजनिक गरिएको छ। कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख अर्थात ३२ दशमलव ७९ प्रतिशत र पुँजीगतर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार अर्थात ५८ दशमलव १६ प्रतिशत रहेको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री शाहीले अन्तरप्रदेश वित्तिय हस्तान्तरणमा दुई अर्ब ३४ करोड ७५ लाख र वित्तिय व्वस्थातर्फ ३० करोड बजेट विनियोजन गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार