भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ: भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको हो। जसअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको छ।

आईओसीले निगमलाई पाक्षिक रुपमा अर्थात १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ। उसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा सोहीअनुसार समायोजन गरेर नेपालमा नयाँ मूल्यसूची पठाउँदै आएको छ।

हाल बजारमा प्रतिलिटर पेट्रोल १७५ रुपैयाँ र डिजेल तथा मट्टीतेलको १५५ रुपैयाँ रहेको छ। भारतबाट मूल्य बढेर आए पनि पेट्रोल र डिजेलको मूल्य यथावत राख्नेबारे तयारीमा नियम रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार