पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाँदै

काठमाडौं: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । राति ११ बजे उनी सिंगापुरका प्रस्थान गर्ने तय भएको छ । देउवा नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने उनको सचिवालयले जनाएको छ ।

काग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जानेछिन् ।

पेटसम्बन्धी समस्याको उनले सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

उनीहरू करिब १ हप्तापछि नेपाल फर्किने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार