सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको :भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले कैलालीस्थित गेटामा निर्माणाधीन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमकै आवश्यकता भएको बताउनुएको छ ।

डा. रावलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो । उहाँले सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको भन्दै प्रश्न गर्नुभयो ।

Dengue

उहाँ लेख्नुहुन्छ, ‘कैलालीको गेटामा शिक्षण अस्पताल सहितको विश्वविद्यालय बनाउने भनि धेरै ठूलो लगानी गर्दै भवन लगायतका पूर्वाधार बनिसकेपछि सरकारले अन्यथा गरी त्यहाँका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको ? जनताको माग सुदूरपश्चिमकै आवश्यकता हो । तुरून्त पूरा गरियोस्।’

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्तालसमेत गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार