लामो समय पानी नपरेपछि पानी पार्न अनेक तिघडम्, कतै भ्यागुताको बिहे, कतै जलाधार गर्दै नागरिक

धनगढी । पछिल्लो एक सातादेखि देशभर गर्मी अत्याधिक बढ्दो छ । अझ तराईका जिल्लाहरुमा गर्मीका कारण जनजिवन प्रभावित बनेको छ । विद्यालयहरु बन्द भएका छन् भने दिउँसोको समयमा बजारहरु प्राय सुनसान देखिन्छन् । यसै पनि आर्थिक मन्दीका कारण सुस्ताएका व्यापार गर्मीका कारण झनै सुस्ताएका छन् ।

गर्मीका कारण बालबालिका, वृद्धवृद्धा, विद्यार्थी, कर्मचारी, मजदुर लगायतका सबैको जनजिवन प्रभावित बनेको छ । अझ समयमा बाली लगाउन नपाएपछि किसानको दैनिकी र काम पनि प्रभावित बनेको छ । यसै पनि अघिल्ला वर्षहरुमा यतिबेलासम्म धानको बिउ छरिसक्ने र कतिपय ठाउँमा रोपाई नै सुरु भईसकेको हुन्थ्यो तर यसवर्ष भने असार लागिसक्दा पनि पानी पर्ने टुँगो छैन, झन गर्मी दिनप्रतिदिन बढिरहेको छ ।

Dengue

लामो समयदेखि पानी नपरेपछि देशभरका विभिन्न ठाउँमा पानी पार्नका लागि नागरिकहरुले अनेक तिघडम्बाजी गरिरहेका छन् । नेपाली संस्कृती एव् परम्परा अनुसार अहिले देशका विभिन्न ठाउँमा विभिन्न जातजातीले आ आफ्नै मुल्यमान्यताअनुसार पानी पार्ने कसरत गरिरहेका छन् ।

भ्यागुताको बिहे
असार लाग्न थाल्यो किसानहरू मानो खाएर मुरी उब्जाउने कार्यका लागि खेतबारीमा हुने बेला हो । खेतमा धान रोप्न र बारीमा कोदो रोप्न बीउ राख्ने बेलामा लामो समय खडेरी परेको छ । केही किसानले धान तथा कोदोको बीउ राखिसकेका छन् । केहीले पानीकै अभावका कारण अझै पनि राख्न सकिरहेका छैनन् । खडेरीका कारण बीउसमेत राख्न नपाएका किसान चिन्तित त छँदैछन् । बीउ राखिसकेका किसान पनि बीउ जोगाउन चिन्तित देखिन्छन् ।

केही दिनयता तापक्रम बढ्दै जाँदा मकैका बोटहरू सुक्दै गएका छन् । किसानले व्यावसायिक तथा घरमै प्रयोग गर्न लगाएका तरकारी तथा अन्य बालीहरू सुक्दै गएका छन् । लामो समय पानी नपरेपछि देशभरका विभिन्न ठाउँमा पुर्खाहरूले गर्दै आएको भ्यागुताको बिहे गरी इन्द्रदेवसँग पानी माग गरिएको छ ।

पहिले पहिले लामो समयसम्म खडेरी पर्दा पुर्खाहरूले भ्यागुताको बिहे गर्थे । रूढीवादी परम्पराजस्तो देखिने भ्यागुताको बिहे पूरै विश्वास गर्न पनि नसकिने र कहीँकतै विश्वास पनि अडिएको आफूलाई लाग्ने गरेको स्थानीयहरुको भनाई रहेको छ । पानी पार्नका लागि भ्यागुतालाई डोलीमा राखेर जन्तीसहित बेहुली लिन गएर स्थानीयवासीको उपस्थितिमा विधिपूर्वक पूजापाठ गरी भ्यागुताको बिहे गरिन्छ ।

भ्यागुता वर्षाको समयमा बाहिर निस्कने भएकाले दुई भ्यागुतको विवाहलाई प्रतीकका रूपमा मान्ने गरिएको छ । परम्परागत मूल्यमान्यता अनुसार भ्यागुताको बिहे गरे पानी पर्छ भन्ने विश्वास रहि आएको छ ।

पानी माग्दै जलधारा
गर्मी यति बढ्यो कि नागरिकहरु अहिले पानी परोस् भन्नका लागि जे गर्न पनि तयार देखिन्छन् । यसैबीच चितवनका नागरिकहरुले पानी पार्नका लागि पानी माग्दै जलधारा गरेका छन् । आइतबार चितवन नारायणगढका स्थानीयले महादेवसँग पानी मागेर जलधारा गरेका हुन् । उनीहरुले गौरेश्वर पशुपति मन्दिरमा पूजा गरेर जलधारा गर्दै नारायणगढ बजार परिक्रमा गरेका छन् ।

लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका हुन् ।

हरहर महादेवको पूजा गरेपछि पानी पर्ने विश्वासका साथ पूजा गरी बाजागाजासहित बजार परिक्रममा गरिएको हो । युवाहरूको समूहले बजारको परिक्रममा गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार