सुदूरपश्चिम बन्दको प्रभाव (फोटो फिचर)

धनगढी: आज सुदूरपश्चिम बन्द गरिएको छ । कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आज सुदूरपश्चिम बन्द गरिएको हो ।

सरकारले नीति तथा कार्यक्रममा विश्वविद्यालय भन्दा पनि एक सय बेड को अस्पताल संचालनमा ल्याउने भनेपछि संघर्ष समिति थप आक्रोसित बनेको हो । बन्द को कारण बिहानै देखि जनजीवन प्रभावित बनेको छ ।

Seti Hospital

६ अर्बको लागतमा ४२ वटा भवन निर्माण हुँदा पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन ध्यान नदिएपछि बाध्य भएर आम हडताल गरिएको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी दिए ।

उनका अनुसार आज यातायात, बजार, उद्योग कलकारखाना, विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ । अति आवश्यक सवारी साधनमा भने रोक नलगाइने भट्टले जानकारी दिए ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन आह्वान गरिएको बन्दका कारण धनगढीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार